धरान, १० चैत- सरकार संग वार्तामा पाच बुदे सहमति गरेर जिल्ला फर्किएका संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष संजुहाङ् पालुङ्वाले आफूहरुले आन्दोलन फिर्ता नलिएको बताएका छन् । संविधानसभा निर्वाचनमा अरु मतदाता र दलका लागि सहज वातावरण बनाउन मात्र केही समय सम्म स्थगन गरिएको पालुङ्वाले बताए ।
लिम्बुवानको आन्दोलनमै रहेकाले परिषदका अध्यक्ष पालुङ्वाले संविधानसभा सदस्यको लागि हुन गइरहेको निर्वाचनलाई अस्वीकार गर्दै सहभागी नहुने बताए । उनले भने, 'तर हामीले संविधानसभा निर्वानलाई बहिस्कार भने गरेका छैनौं र अवरोध पनि गर्दैनौं ।' सरकार र परिषद बीच बार्ता चैत ६ गते भएको थियो ।
परिषदलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ संस्थ्ाा बनाएर दलको रुपमा दर्ता गर्ने विषयमा मञ्चका कुमार लिङदेन संग विवाद भए पछि औपचारिक रुपमा विभाजित भएको उल्लेख गर्दै उनले आत्मनिर्ण्र्ााअधिकार सहितको लिम्बुवान स्वायत्तता प्राप्त नभए सम्म आन्दोलन जारी राख्ने बताए ।
लिम्बुवानको अधिकार खोसाउने काम नेपालका कुनै पनि राजनितिक दलले नगरेर शाह बंशीय राजतन्त्रले गरेको जनाउदै संविधानसभा निर्वाचनमा सहभागी नभए पनि दरवारिया र राजतन्त्रलाई समाप्त पार्न परिषद सदैव अग्रपंतीमा रहने पालुङ्वाले बताए ।
|