चैत राष्ट्रिय जनमुक्ती पार्टर्ीी शनिबार धरानमा आफ्नो चुनावी घोषणापत्र र्सार्वजनिक गर्दै बहुजातिय प्रजातान्त्रिक गणतन्त्रात्मक राज्यको अवधारणालाई अघि सारेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको कार्यालयमा आयोजित कार्यक्रममा पार्टर्ीीे घोषणापत्रलाई पार्टर्ीी केन्द्रीय उपाध्यक्ष शरणकुमार लिम्बूले र्सार्वजनिक गरेका थिए । गोरेबहादुर खपाङ्गीले ०४८ सालमा स्थापना गरेको सो पार्टर्ीीई हाल सम्म पनि राजावादी भएकेा आरोप लागे पनि घोषणापत्रमा राजतन्त्रको उल्लेख गरिएको छैन । पत्रकार सम्मेलनमा सो पार्टर्ीी केन्द्रीय उपाध्यक्ष लिम्बूले राजतन्त्र सिद्धिएकोले उल्लेख नगरिएकेा जनाएका थिए ।
राजमूपाले आफ्नो घोषणापत्रमा जातिय चक्रिय प्रणाली अनुसार राष्ट्रपति चुन्ने व्यबस्थापिकाको परिकल्पना गरेको छ । जातिय जनसंख्याको आधारमा पालैपालो बन्ने राष्ट्रपतिले शासन गर्ने उल्लेख गर्दै घोषणापत्रमा ऐतिहासिक जातिय, भाषिक, सांस्कृतिक र भूगोलको अधारमा स्वायत्त राज्यको व्यबस्था गर्ने जनाइएको छ । संघीय लोकतन्त्रात्मक गणतन्त्रात्मक राज्यको परिकल्पना गरे पनि आत्मनिणयको अधिकार भने कुनै स्वायत्त राज्यलाई नदिने घोषणा पत्रमा उल्लेख गरिएकेा छ ।
राजमूपाले संविधानसभाको निर्वाचनमा मुलुक भरीका ५९ जिल्लामा प्रत्यक्ष तर्फ८४ जना र समानुपातिकमा १ सय ५ जना उम्मेदवार उठाएको छ । चुनाव चिन्ह साविक घर नै पाएकेा राजमूपाले घोषणापत्रमा सवोच्च अदालतको सट्टा संघीय अदालतको परिकल्पना गर्दै स्वायत्त राज्यमा स्थायी परिषद र जनपरिषद दुइ सदन हुने जनाएको छ । स्वायत्त राज्य कति हुने भन्ने बारेमा केही उल्लेख गरेको छैन ।
|