menu
Dharan Info Photos

Sports

Music

Literature

Photography

Education

Paintings

Forum

Feedback
 
 
 

 
 
:: viewdharan.com with Mani Rai ::

राजधानिमा पौष २५ गते देखि २८ सम्म दोस्रो कैलास चिया खुला गल्फ प्रतियोगिता सम्पन्न भयो । १८ जना सौखिन खेलाडी र १७ जना व्यावसायिक खेलाडी सहभागिता रहेको उत्त m प्रतियोगितामा धरानबाट प्रतिनिधित्व गरेर जानु हुने धरानका खेलाडी मनि र्राई उत्कृष्ट पा“चौ स्थानमा रहन सफल हुनु भयो । ७२ होलको राष्ट्रिय खुला प्रतियोगितामा पा“चौ श्रेणीमा आउन पनि धरानको यो उत्कृष्ट सफलता मान्दछन, धराने खेलाडी मनि र्राई । "यस प्रतियोगितामा सहभागिता गराउनमा सहयोग गर्नु हुने धरान गल्फ क्लबका अध्यक्ष शंकरमान शाक्य र यति एयरलाइन्स लाई धन्यबाद दिन चाहान्छु" - मनि र्राई भन्नु हुन्छ ।
"यातायात बन्दले गर्दा झण्डै सहभागि हुन नपाएको तर जिरो समयमा यति एयरलाइन्सले टिकट स्पोन्सर गरेर मलाई मात्र नभएर धरान गल्फलाई नै ठूलो गुण गर्नु भयो । वहाहरुले यति सहयोग नगरिदिएको भए सायद आज म यो स्थानसम्म आउनबाट म वन्चित हुने थिए" मनि र्राई भन्नु हुन्छ । यो प्रतियोगितामा क्रमस रु.५०,०००/-,रु.४०,०००, रु.३०,०००, रु.२०,०००, र रु.१०,००० पुरस्कार राखिएको थियो ।

भ्यू धरानले मनि र्राई संगगरेको छोटो कुराकानि ः-
प्र. तपाईको परिचय ।
उ. मनि र्राई -थुलुङ) धरान १९ ।

प्र. सुरुवात कसरी गर्नु भयो यो खेल र कहिले देखि ?
उ. सुरुवात भन्नु पर्दा मेरो बाबा हस्त ब. र्राई यहि ब्रिटिस क्यापमा काम गर्नु हुन्थ्थो । त्यति बेला निमार्ण्र्ाारेको यस गल्फ ग्राउण्डमा ब्रिटिसहरु र ठूलो अफिसरहरु खेल्ने गर्थे । त्यो बेला म क्यारी बोय भएर काम गर्थे । यसरी क्यारी बोय भएर काम गर्दा गर्दै गल्फ खेल्न सुरुवात गरियो । लगभग १६ बर्षदेखि खेल्न थालियो -१८८५) ।

प्र. अहिले सम्ममा खेल्नु भएको ठूलो प्रतियोगीता कुन हाे ?
उ. र्सर्ुय मास्टर अन्तराष्ट्रिय गल्फ प्रतियोगीता जसमा मैले सौखिन खेलाडीको उपाधि जितेको थिए र हाल मात्रै खेलेर आएको दोस्रो कैलाश खुला गल्फ प्रतियोगीता जसमा व्यावसाहिक खेलाडीमा पा“चौ स्थानमा रहन सफल भइयो ।

प्र. कहिले देखि व्यावसायिक खेलाडीमा प्रवेश गर्नु भयो ?
उ. २००३ साल देखि ।

प्. तपाईको बिचारमा धरानमा यो खेलको स्थिति कस्तो छ - गल्फ लाई व्यावसायिक रुपमा लान सकिन्छ कि सकिन्दैन ?
उ. मेरो बिचारमा, धरानमा यो खेलको स्थिति राम्रो छ भन्न सक्दिन । हुन त नेपालमा गल्फ मैदान धेरै छैन तर भाग्यले धरानमा ब्रिटिसहरुले गर्दा मैदान पाएको छ । तर यसलाई अधिकारिक व्यक्तिहरुले उचित तरिकाले संरक्षण नगरेर यसको संरक्षणको बदला उल्टो गल्फ मैदानको दुरुपयोग गरिरहेको छ । यसले गर्दा यो खेल धरानमा नाजुक स्थितिमा पुग्न लागेको छ । गल्फ खेललाई धरानमा व्यावसायिक रुपमा लानलाई खेलाडीहरुलाई उचित सुविधाको व्यवस्था गर्न पर्‍यो । यसलाई निजी स्वार्थको रुपमा पैसा कमाउने भाडो बनाउन भएन ।

प्र. तपाई यस बाहेक अरु कुनै पेशा व्यावसायमा लाग्नु भएको छ कि ?
उ. छैन, मैले गल्फलाई नै व्यावसायिक रुपमा लगेको छु ।

प्र. विवाह गर्नु भयो ?
उ. हास्द,ै पहिले नै गरिसकेको । दर्ुइ छोराको बुबा हो म ।

प्र. यहा“ सम्म आइपुग्न कसैको हात छ कि ?
उ. मेरी पत्नि निर्मला । उ नै मेरो प्रेणाको स्रोत हो ।

प्र. अन्तमा, भ्यू धरान का लागि केहि कुरा ।
उ. र्सवप्रथम, धन्यबाद भ्यू धरान लाई साथै खुशि लागेको छ । यो एकदमै राम्रो हो । भ्यू धरान ले धरानको हरेक क्षेत्रलाई समेटेर वेबर्साईट मार्फ विश्व सामु पुर्‍याउने छ र यो एकदम छिटो र सजिलो माध्यम हो अहिले को कम्प्युटर युगमा साथै प्रगतीको कामना गर्दछु ।

Untitled Document
© Copyright viewdharan.com