menu
Dharan Info Photos

Sports

Music

Literature

Photography

Education

Paintings

Forum

Feedback
 
 
Untitled Document

 

तपाईसंग यदि कुनै कथा, कविता, गजल, गीत, मुक्तक अथवा कुनै कृति छ र त्यसलाई संसारभरि प्रचार गराउन चाहानु हुन्छ भने हामीलाई तपाईको कृति तथा लेख हरु तलको ठेगानामा
पठाउनुहोस्

 

 
नयाँ वर्षको शुभकामना
 

विकृति र विसंगतिलाई चिरेर
अर्जुनको लक्ष्य भेदन जस्तै
असल कामको उद्येस्य राख।
बुद्वको सन्तान हौ तिमी
जहाँ गए पनि शन्ति र भातृत्वको सुवास डाक।
ए मेरा सखी.............. सात समुद्रपारी पौराखी पाखुरीहरु बेच्दा
कटक्क काटिएको होला मन
बालुवामा छाडिएको जिउँदो माछा जस्तै
तड्पीन्छ होला जीवन।
तर साथी...!हामीले अझै बाँच्नु छ।
आफ्न घर परिवार  र भविश्‍यको खातिर
पाईला पाईलाको कमाईहरु साँच्नु छ। जाऊ अगाडी बढ्दै जाऊ।
वसन्तमा पलाएका पालुवा जस्तै
तिम्रो चाहना र उद्येस्यलाई मौलाउदै लैजाउ।
संघर्षका पर्खालहरु त उभिन्छ नै पक्कै
बाधा र अड्चनलाई मन्दराचल बनाई हल्लाउ।
जाऊ अझै अगाडी बढ्दै जाऊ
तिम्रो रहर र सपनाहरुलाई
पटुकीबीचको सन्दुक भित्र नहाल। तिम्रो सपना र कल्पनाहरुलाई
सधै सधै मुटु भित्र संगाल।
यात्रा त अनन्त नै छ ।
क्षितिज देखेर तिम्रो पाईलाहरु नकमाउ।
जाऊ मेरो साथी अगाडी बढ्दै जाऊ।
नयाँ बर्षको जोश र जँगारसंगै
ऊज्वल भविश्‍यको सपना र उमंगसँगै
तिमीलाई यो साजनको तर्फबाट
नयाँ बर्ष ई.स. २००८ को शुभकामना।


साजन राई उपेक्षित
संखुवा सभा दिदिङ -१ बर्देउ


 
 

– अमित थेवे

फोटो

अघिसम्मन्
झुण्डिएको त्यो
सानु फोटो का“रु हराएछ रु

बाजे बराजुका पालादेखिनु,
छातीका भित्तामा
जुकाझै लपक्कै टा“सिएको'थ्
यो,
मुन्तिर टा“गेको देउताले पनि
नछुने गरी पत्रमात्रा
त्यस्मा अलक्कै गा“सिएको'थ्यो

त्यत्रो जतन गरी राखेको
त्यस्को तस्विर
कुन चैं "अर्को चोर" ले
सयकडौं वर्षछि झिकेछ

खोज्छु,
म्यूजिमयम जस्तो
त्यो मक्किएको दरबारमा
पम्पेलेट, पर्चा ब्यानर
किताप र "आउट डेटेड" अखबारमा
अह“ कतै पनि अडकिएको छैन त्यो,
र्
भर्खर मात्र जब
टेबुलबाट उठाए केही थिचिराखेको
त्यो 'इतिहास' को पुस्तकलाई
तब बेस्मारी झस्किए“
बल्ल पो भेटें
त्यो मुकु्टे अनुहार
तासका चार
सिकुटे पत्ताहरुमा थुनिएको रैछ
अघिसम्मन् मात्र हो
त्यो भित्तामा चल्मलाउदैथ्यो


Untitled Document
© Copyright viewdharan.com