menu
Dharan Info Photos

Sports

Music

Literature

Photography

Education

Paintings

Forum

Feedback
 
 
Untitled Document

 

तपाईसंग यदि कुनै कथा, कविता, गजल, गीत, मुक्तक अथवा कुनै कृति छ र त्यसलाई संसारभरि प्रचार गराउन चाहानु हुन्छ भने हामीलाई तपाईको कृति तथा लेख हरु तलको ठेगानामा
पठाउनुहोस्

 

 
 
– खगेन्द्र पराजुली 'शून्य'


असरल्ल कपाल फिंजाएर आयौ
किन कुन्नी नयन भिजाएर आयौ
धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन
तर आज का“डासरी बिझाएर आयौ

खाली सिउ“दो सिन्दूरले भरिएको देखें
यज्ञकुण्डभित्र मुटु खरिएको देखें
बाचा कसम कुल्चिएर टाढा जानेको
हा“सो खुशी चारैतिर छरिएको देखें

अङ्गालोमा बा“धिएर स“गै जीउने भन्थ्यौ
दुःख पर्दा आ“शु पनि स“गै पिउने भन्थ्यौ
कति चा“डै भूल्न सक्यौ बाचा कसमहरु
माया फाटे जिन्दगीमा स“गै सिउने भन्थ्यौ

भावनाका कुरा गर्दा रुने तिमी नै हौ
मुस्कानको तीरले मुटु छुने तिमी नै हौ
बजारभरि बदनामको हल्ला फिंजाएर
झूठो आरोप लगाई हिड्ने, सुने तिमी नै हौ


Untitled Document
© Copyright viewdharan.com