menu
Dharan Info Photos

Sports

Music

Literature

Photography

Education

Paintings

Forum

Feedback
 
 
Untitled Document

 

तपाईसंग यदि कुनै कथा, कविता, गजल, गीत, मुक्तक अथवा कुनै कृति छ र त्यसलाई संसारभरि प्रचार गराउन चाहानु हुन्छ भने हामीलाई तपाईको कृति तथा लेख हरु तलको ठेगानामा
पठाउनुहोस्

 

 
धरान साहित्यिक इतिहास-भ्यू धरान डट कम सम्म

- देवान किराती

नेपाली वाङमयमा साहित्यको इतिहस त्यती लामो भएको इतिहास प्रमाण छैन । भानुभक्त आचार्य भन्दा अगाडी अलिखित लोक साहित्य अर्थात जनबोलीमा चलेका लोक उत्तीहरु नै नेपाली साहित्यको एकहद मानिन्छ । नेपाली साहित्य नै त्यती अगाडी देखी नभए पछि धरानको कला साहित्यलाई केही पछिको समयबाट नै आकलन गर्नु पर्ने हुन्छ ।

यसै परिचयमा वि.सं. १९८० को समयमा धरानमा बसोबासको विकाश सगै केही लिखित साहित्य देखापरेको इतिहास पाइन्छ । तथापी वि.सं. २००० पछिनै धरानको साहित्य विकाश भएको प्रमाणहरु प्रसस्त पाइन्छ । यसै अनुरुप मान्नु पर्दा वि.सं. १९८० देखी २००७ सम्मलाई धरानको साहित्य सर्न्दर्भमा प्रारम्भिक काल भन्नु पर्ने हुन्छ ।

प्रारम्भिक काल पछि धरानको काल भन्नु पर्ने विभिन्न काल खण्डमा विभाजन गरेर अध्ययन गर्नु पर्ने हुन्छ । जसरी २००७ सम्मलाई प्राककाल भनियो त्यै अनुरुप २००७ देखी २०१७ लाई प्रारम्भिक विकाश काल मान्नु पर्ने हुन्छ । २०१७ देखी २०२७ सम्म प्राथमीक आधुनिक काल र २०२७ देखी २०३६र३७ लाई पर्ूण्ा आधुनिक काल मान्नु पर्ने हुन्छ । यसकाललाई स्वतन्त्रताको स्वर उराल्ने पर्ूण्ा आधुनिककाल पनि भनिन्छ । २०३७ देखी यथार्थबादी, प्रगतीबादी धार संगै २०४६ को राजनैतिक परिवर्तन साथै २०५७र५८ सम्मलाई आलोचनात्मक आधुनिक काल मान्न सकिन्छ । यस पछिको अर्थात २०५७ देखी यता विल्कुलै नया“ पूस्ताहरुको लेखनी प्रभाव उत्तर आधुनिक लेखनको सुरुवात देखिन्छ, भेटिन्छ ।

यसरी धरानको साहित्यलाई कालविभाजन गरीसके पछि त्यस भित्रको तथ्यलाई पनि सरसरती हेरौं ।

क) वि.सं. १९८०-प्रारम्भिक का
यसकालको प्रतिनिधी साहित्यकार पंडित दिनानाथ शर्मा मानिन्छ । उनको ूअनाचार खण्डू, ूशिष्टाचार दर्पणू र ूब्राम्ह बिचार दर्पण प्रतिनिधीू रचनाहरु प्रकाशित भएको भेटिन्छ भने त्यस पछि पंढित गंगा प्रसाद पोखरेल द्धारा लिखित केही काब्यहरु जो प्रकाशित भएका छैनन इतिहासहरु भेटिन्छ ।

ख) वि.सं. २००७ -२०१७ -प्रारम्भिक विकाश काल
हुन त यसकालमा साहित्य र साहित्यकारहरु छुट्टयाउने कसी आधारहरु त्यती प्रष्ट र प्रसस्त पाइदैन । तर पनि यसकालमा आएका र प्रकाशीत भएका पत्रपत्रिकाहरु, संग्रहहरु र साहित्यकारहरुलाई अध्ययन गर्दा यो समयलाई प्रारम्भिक विकाश काल मान्न सकिन्छ ।

२००७ लाई यसको प्रारम्भ माने पनि २००६ को हस्तलिखित भित्ते पत्रिका "छात्र धारा" यसकालको स्वरुप सुरुवात मान्न सकिन्छ । यसकालमा गजेन्द्र प्रसाद आचार्य ूआ“शुू खण्डकाब्य, गोविन्द वाग्लेको ूमानवताू कविता संग्रह, सिद्धिकार्ण्र्ाार्माको ूसिपाहीू कविता संग्रह, मान बज्रचार्यको ूबराह किर्तनू, पंडित छविलाल पोख्रेलको ूमूक नयनम्ू साथै ज्याउल हक, मान बज्रचार्य , टि.आर. विश्वकर्मा, मान बहादुर शाक्य, अम्बिका प्रसाद श्रेष्ठ आदि साहित्यकारहरुले धरानको मात्रै नभएर सिगो सुनसरीकै साहित्यमा प्रारम्भिक विकाशकालकेा बिकाश गरेका थिए ।

ग) वि.सं. २०१७ -२०२७ -प्राथमिक आधुनिक काल
२०१७ को राजनैतिक सत्ता परिवर्तन संगै केहि साहित्यकारहरुमा पलायन भए भने अन्य थुप्रै साहित्यकारहरु नया“ चेतन लिएर आएको पाउछौ ।

२०२० मा नेपाली साहित्य परिषद, धरानको गठन संगै थुपै्रै साहित्यकार कृष्ण प्रसाद श्रेष्ठको सम्पादनमा ूपानको पात-२०१८ू, बेणु आचार्यका सम्पादनमा ूकोशीको कोशेली-२०२२ू, चन्द्रमणी अधिकारीको सम्पादनमा ूका“जुली-२०२७ू लगायत, प्रेरणा, पियुन, कल्पना, सम्झना, नौलोपथ, नवजागरण आदिहरु प्रमुख थिए । कवि आनन्द देवभट्टको अगुवाइमा कवि बेणु आचार्य, नरेश शाक्य, कृष्ण पाख्रिनहरु साहित्यिक विकाशको आन्दोलनमा चलायमान थिइ भने कृष्ण प्रसाद श्रेष्ठ, देवराज अधिकारी, गजेन्द्र प्रसाद आचार्य धरानमा साहित्यिक हस्तिहरु भएको पाउछौं । यसबेला थुपै्र ब्याक्तीगत संग्रहरु पनि प्रकाशन भएका थए । जसले धरानको साहित्य-कलालाई तेज बनायो, जागरण दियो र विकाश पनि गर्‍यो ।

घ) वि.सं. २०२७ -२०३६र३७ -पर्ूण्ा आधुनिक काल
यसकाललाई धरानको साहित्यिक इतिहास नियाल्दा ूस्वर्ण्र्ाामयू पनि मान्न सकिन्छ । पर्याप्त मात्रामा साहित्यकारहरु जन्मनु र उतिकै मात्रामा संग्रहहरु, पत्रिकाहरु निस्कनु साथै राजनैतिक चेतले प्रायः सबै साहित्य स्वतन्त्रताको पक्षमा लेखिनु र जनतालाई प्रभाव पार्न सक्नु यसका प्रमाण हुन् । अघिलो समयका सचेतक कृष्ण प्रसाद श्रेष्ठ अझै सक्रिय हुनु साथै मान बहादुर शाक्य, नेरश शाक्य, बेणु आचार्य, कृष्ण पख्रिनहरु अझै मजबुत साहित्य लिएर समाजमा उत्रनु यसकालको उपलब्धी हुन भने, यसै कालका बम देवान, गोबिन्द विकल, श्री शुब्बा, बद्री पलिखे, हर्षसुब्बा, भिष्म काप\mले, गिरीराज आचार्य, प्रेम र्राई परदेशी कुन्ता शर्मा, बशन्त थापा, शिव शंकर थापा, कृष्ण बनेपाली आदी यसकालका प्रमुख साहित्यिक हस्तिहरु हुन् । त्यसबेला मंजुल पनि धरानबाट नै साहित्य गरीरहेका पाउछौ भने कालीप्रसाद रिजालले पनि त्यही कालमा धरानबाट उठेको कवि मान्ने गरेकाछन् ।

ूसंकल्प-२०२९ू सम्पादन कून्ता शर्मा फेवा ू२०३०ू सम्पादन गिरीराज आचार्य, ूधरानका केही कविताहरुू २०३० मोती संस्मरण सति लगायत, अभिशेक, झिग,े माया, मधुबिन्दु, हाम्रो आवाज, प्रयत्न, उत्थान आदी पत्रिकाहरु यसकालका प्रमुख दस्ताबेजहरु हुन् ।

ङ० वि.सं. २०३७ -२०५७ -आलोचनात्मक आधुनीक काल
यस कालमा म धरानको साहित्यमा मूलत प्रगतीबादी, यथार्थाबादी, साहित्यको विकाश भएको पाउछौ भने, २०४६ को राजनैतिक उथल संगै परिवर्तनका साहित्यको लेखन बढि विकाश भएको पाउछौ । निरन्तर लेखिरहने बम देवान, नरेश शाक्य, गोविन्द विकल, कून्ता शर्मा, लिला श्रेष्ठ सुब्बा बर्तमानमा पनि उतीकै अग्रपंतीमा छन भने, श्री शुब्वा, रमेश केशी, कृष्ण आचार्य, सन्तोष थेवे, गोपाल देवान -अविराम क्रान्ती), राज कुमार दिक्पाल, हीक्मत खड्का, जस कुमार र्राई, प्रदिप मेयाङबो, देवान किराती, निर कुमार तिमूर, राकेश ब्रि्रोही, प्रतीमा विवश, शकून्तला जोशी, जगत नवोदित, भिमर्राई ज्वाला, सुमित्रा प्रबृती, रक्ष र्राई, सरीता चाम्लिङ, अनुशिल, देउराली चाम्लिङ, जनक ऋषी आदी आदी यस पूस्ताको युवा हस्तिहरु मानिन्छन् ।

च) वि.सं. २०५७ - नया“ काल -उत्तर आधुनिक काल)
२०४६ को राजनैतिक परिवर्तनले देशको साहित्यलाई नै नया“ ढंगमा विकाश गर्‍यो । जसरी नेपाली साहित्यमा विभिन्न विकाश हुदै उत्तर आधुनिक साहित्यको शुरुवात भयो धरान पनि यसबाट अछुत रहन सकेन र सकेको छैन । धरानमा पनि ूउत्तर आधुनिकू साहित्यको विकाश क्रमशः भै रहेका छन्, गरीरहेका छन् । यहा“का नया“ पुस्ताहरुले जसमा उपेन्द्र सुव्वा, देवान किराती, रक्ष र्राई नेतृत्व पंक्तीमा कृयाशील छन् भने शन्त थलङ, अमित थेबे -जंगभक्त), शालिक शाताशक, प्रेरङ प्रायास, भीम र्राई ज्वाला, राजेश व्रि्रोही, आदीहरु जागरुक भएर लागी रहेका पाउछौ ।

यसरी धरानको साहित्यिक विकास या गतिबिधिलाई सरसरती हर्ेदा धरानको पहिलो पत्रिका ूछात्र धाराू देखी यता जती साहित्यकार र साहित्यिक पत्रिकाहरुले धरानको साहित्य विकाशमा पहल गरेर योगदान दिएका छन् । आशा गरौ यस "भ्यू धरान डट कम" ले धरानमा रहेका सम्पर्ूण्ा क्षेत्रलाई समेट्दै आफनो योगदानलाई दरिलो बनाउने छ ।

Untitled Document
© Copyright viewdharan.com