menu
Dharan Info Photos

Sports

Music

Literature

Photography

Education

Paintings

Forum

Feedback
 
 
Untitled Document

 

तपाईसंग यदि कुनै कथा, कविता, गजल, गीत, मुक्तक अथवा कुनै कृति छ र त्यसलाई संसारभरि प्रचार गराउन चाहानु हुन्छ भने हामीलाई तपाईको कृति तथा लेख हरु तलको ठेगानामा
पठाउनुहोस्

 

 
 
– खगेन्द्र पराजुली 'शून्य'

मेरै सामु जान्छु भन्यौ नजाऊ भन्नु कसरी र
सपनीमा आउ“छु भन्यौ नआऊ भन्नु कसरी र

छोडी जान गाह्रो भयो भन्दै थियौ बहानामा
चा“डै भेट्ने कसम खायौ नखाऊ भन्नु कसरी र

आफ्नै पीरले रु“दैथिए“ सा“झपख एकान्तमा
पीरतीको गीत गायौ नगाऊ भन्नु कसरी र

नशालु त्यो नजरको तीर हान्यौ मुटुभित्र
अञ्जानमा झूटो माया नलाऊ भन्नु कसरी र

छुट्ने बेला रनुपर्ने मुस्काएको देखें तिमी
नक्कल पारी गोहीआ“शु बगाऊ भन्नु कसरी र

मेरो सुन्दर संसारलाई भताभुङ्ग पारिदियौ
लाज-शरम पचेकीलाई लजाऊ भन्नु कसरी र

पोल्दै थियो मनको घाउ रु“दै थिए“ पीडा बोकी
मैले रु“दा तिमी ताली बजाऊ भन्नु कसरी र

वेदनाले ग्रस्त यो छातीभित्र बास माग्यौ
त्रि्रो संसार अर्कैस“ग सजाऊ
भन्नु कसरी र

– २०६२/०४/२० विहिबार


– भीम राइ 'ज्वाला'

जल्यो शहर जलिरहेछ
हुरी बतास चलिरहेछ
कठोर कदम कति टिक्ला
ब्रि्रोहले ढुङ्गा गलिरहेछ
महल सधै रक्षित हुन्न
बारको खम्बा ढलिरहेछ
के सक्थे बस्न पिंघ नह्ुने
रुपमा संग ढलिरहेछ

सधै अध्यारोमात्र हुदैन
बल्दछ दियो बलिरहेछ
बालो साम्राज्य हट्छ १ दिन
झिल्कोमा ज्वाला
बलिरहेछ ।

 

Untitled Document
© Copyright viewdharan.com