Home Events Events एक साँझ कवि कृष्ण पाख्रिनको स्मृतिमा

एक साँझ कवि कृष्ण पाख्रिनको स्मृतिमा

Print PDF
User Rating: / 2
PoorBest 

-आभाष

"लाहुर नजाऊ ठूले
..................................
जंगे पिलरहरु
ठाउँका ठाउँ हराइरहेका छन्
यो सुन्दा सुन्दै !
यो देख्दा देख्दै !!
तिमी मुगलान हिड्यौं भने
तिम्रो घरको घुर्‍यानको साँध मिचेर
तिम्रो घरबारी नामेट पार्नेछ
आफ्नै कोठेबारी जोगाउन सकेनौं भने...........
-सुबास र्राई 'क्याप्टेन'

सुबास र्राई 'क्याप्टेन' ले जुन बेला माथिको कविता मञ्चमा वाचन गरेर श्रोताहरुलाई मन्त्र-मुग्ध बनाइरहेका थिए । त्यति नै बेला श्रोताहरुको भीड्मा चित्रकार महेन्द्र र्राईलाई एकजना अग्रज हपारिरहेका थिए- नचिनेर, "चित्रहरु नछोउ" भन्दै । महेन्द्र र्राई जब आफ्ना चित्रहरु कोर्नुको उदेश्यमाथि प्रकाश पार्नुलाई मञ्चमा उक्लदैं थिए । तब ती अग्रजको अवस्था हेन लायक देखिन्थ्यो ।

"कवि कृष्ण पाख्रिन जस्तो व्यक्तिका कविताहरुमा चित्रहरु कोर्नु एउटा अनौठो अनुभूति थियो । कृष्ण पाख्रिन जसलाई व्यक्तिगत रुपमा नचिने पनि काव्यिक सानिध्यता वहाँका विभिन्न कविताहरुको बारम्बारको अध्ययन मार्फत थियो, छ र रहनेछ । वहाँका कृतिहरुमाथि चित्रहरु कोरेर वहाँका शब्दहरुलाई कतिको न्याय दिनु सके अर्थात मेरो प्रयास कतिको सफल भयो यसको जिम्मा सम्पूण श्रोताहरुमै छोड्दछु ।" उनले मञ्चमा उभिएर भने ।

यसै साता कृष्ण पाख्रिनको ६४ औं जन्म जयन्तीको अवसरमा आयोजित सो 'कवि कृष्ण पाख्रिन स्मृति सभा' मा कृष्ण पाख्रिनका विभिन्न कविताहरुमा २१ वटा रंगहरु लेखेका थिए- चित्रकारले । सबै चित्रहरुको ठीक माथिल्लो पट्टी कविका शव्दहरु पोतिएका देखिन्थे ।

"म शब्दहरु देखिरहेछु र चित्रहरु पढिरहेछु !!" भावुकिंदै कवि भीम खतिवडाले कविकै एक कविता श्रोताहरु माझ राख्दै कविलाई श्रद्धान्जली दिए-
"त्यो भुइँचालोमाथि
सम्भिने ठाउँ धेरै होलान्
घर भत्केको दृश्य !
विभत्स मृत्युको दृश्य !!
स-साना अबोध बालकहरुको
बालिकाहरुको हराएका आमाहरुको खोजिमा
मृतक पिताहरुको खोजिमा
हिडिरहेका एक हूल पाइलाहरुमाथि
असन्तोषको भोकले
चिच्याइरहेका उदाश स्वरहरुमाथि
कविता नलेख !
त्यो एउटा क्रान्ति हुन्छ ।
त्यो कविता- कविता हुदैन ।
त्यसैले कविता नलेख !!"
-साभार कृष्ण पाख्रिनको 'संत्रास' कविता-संग्रहको 'मदारीको कविता' नामक कविताबाट

 

उक्त अवसरमा विद्वान श्री कृष्ण प्रसाद श्रेष्ठले- "कृष्ण पाख्रिन मूलतः प्रगतिवादी कवि हुन् । उनी प्रतिको सही श्रद्धान्जली साहित्यका प्रगतिशील सोचको संगठित अभिव्यक्ति र अभियानले मात्रै पुरा गर्नेछ ।" भनेर भन्नु भएको थियो ।

त्यस्तै कवि तथा नेपाली भाषाका विज्ञ डा. गोपाल प्रसाद भण्डारीद्वारा आजको परिप्रेक्ष्‍यमा कवि कृष्ण पाख्रिन कुनै जाति अथवा कुनै समूह विशेषको मात्रै नभई नेपालीहरुको साझा सम्पत्ति हुनुको साथै वहाँका चर्चित कविताहरुलाई विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेश गराउनलाई पहल गरिनु पर्ने कुरामा जोड दिनुभएको थियो । "प्राध्यापक श्री चन्द्रमणी अधिकारीज्युले वहाँको जिवनी तथा कृतित्वमाथि शोध नै गर्नु भएको र त्यसलाई मान्यता दिएर यद्यपि त्रिभुवन विश्वविद्यालयले कविलाई सम्मान गरिसकेको छ ।" भनेर भन्न पनि डा. भण्डारीले छुटाउनु भएन ।


"सूर्यास्त पछिको आकाश
बादलका पंक्तिहरुले बनाउने विविध आकृति
मैले सम्झे बुद्ध
र, खोजे उनको मूहार
तर बुद्ध खोज्दा गिद्धको आकृति पाए
यतिबेला झरनाहरु पनि मुदावादको नारा ओकल्छन्
चराहरु पनि गाउँदैनन्
चिच्याउँछन्
किन होला --
यतिबेला मौरीहरु
चाकामा बिष भर्दैछन् ।"
कविताकै क्रममा कवि एकु घिमिरेले उक्त कविता वाचन गर्नु भएको थियो । चित्रकार महेन्द्र र्राई पनि कवितात्मक माहौलबाट प्रेरित हुँदै "अर्को सालको साकेलामा सँगसँगै नाचौं" भन्दै आग्रह गरिरहेका थिए- कसैलाई । त्यस्तै कवि लम्जेल संर्घषशील भने "कविहरु देखे तर कविता देखिन...... कविताका धारमा पाइन छैन" भन्दै चिन्ता पनि व्यक्त गरिरहेका थिए । कवि जय श्रेष्ठ 'शान्ति' ले- "आफ्नै संतानका रगतमा आमा डुबेको देखे ।" भन्दै वर्तमानको कटु यथार्थ आफ्ना कवितामा वाचन गरेका थिए ।

साँझ अबेर सम्म चलेको उक्त कार्यक्रममा कृष्ण पाख्रिनका छोरा सुदीपले यो बर्षो अन्तसम्ममा पारिवारिक श्रोतबाट अक्षयकोषको गठन गरि त्यसबाट आउने ब्याँजले आगामी बर्षेखि "कृष्ण पाख्रिन श्रृजनशील पुरस्कार" विभिन्न व्यक्तित्वहरुलाई श्रृजनामा योगदान पुर्‍याए वाफत प्रदान गरिने भनेर घोषणा पनि गर्नु भएको थियो । उक्त घोषणालाई अग्रज कवि बेणु आचार्यले हषिर्त हुँदै "यसले कृष्ण पाख्रिनलाई अझ अमर बनाउने" प्रतिकृया आयोजकका हस्ताक्षर पुस्तिकामा लेखेर गरेका थिए ।

"यस कार्यक्रममा एउटा नौलो कुरा भएको हामीले महशुश गरेका छौं । जसलाई स्मृति गरिएको हो, स्मृति सभा गरेर, उसैका विभिन्न कविताहरुमाथि तयार पारिएका चित्रकलाहरुको प्रदर्शनी शायद नेपालमै पहिलो पटक हुनुपर्दछ । यस अर्थमा हेर्ने हो भने यो कार्यक्रम कला र साहित्यको बेजोड संयोजन र साहित्यानुरागीहरुको लागि एउटा महोत्सब झै भएको हामी ठान्दछौं । साथै यस कार्यक्रमले पुराना र नयाँहरु बीचको खाडल कम गर्न केही हदसम्म सफल पनि भएको छ । आज वाचन गरिएका कविहरुमा ६० वरिपरिका केशव वाग्ले, गिरीराज आचार्य, शरण कुमार र्राई जस्ताहरु थिए भने युवा पुस्ताका एकु घिमिरे, लम्जेल संर्घषशील, श्रेष्ठ परिक्रमा आदिहरु थिए भने १३ बर्षभन्दा मुनिका अनमोल पौडेल, दिपेश बुढाथोकी, अनामिका रायमाझी जस्ताहरु पनि थिए ।" आयोजकका एक सदस्यले र्सगर्व भनिरहेका थिए ।

 

Comments 

 
# BIREN SUBBA 2009-07-12 08:33 Junai deshma pani aafno srastaharu hune garchan tesaigari krishna pakthrin pani nepalko srasta hunuhun6 jhan dharanko ta kurai nagarum uh hako namle dharanlai ajha mathi uthayeko cha.
sabdhalai bujhera chitrama utarnu vaneko sano tino khelhoina yo ta eauta kala ho jo normal manchele garna sakdaina tara krishna pakhrinko sabda ma chitrakar harule junn afno kala paske sayad yo dharanko ithasma pahilo ghatna jasto lagyo malai tara yakin chahi garna sakdina.Tara jasle yo soch gare ushlai hirdaya bata dyhayan bat cha jasko sochle kabi krishna pakhrinlai ajha amar banayeka chan.
Tara alik khallo lagnuko karan chitra alik thulo akhar hunuparthyo ra chitrama kabitako sirsak hunuparthyo jasle garda hami tada vayeko mann harule pani thorai vayepani kabiko kabitako arth vhaw thoraivaye pani bhujhane thiyeuhola karan TASBIR AFAI BOLCHA tesmathi jhan sabdako pariskarle ta lakhau mannka taranga haru kholda cha mastiklai jod didai vayepani.
-BIREN SUBBA -DUBAI-
Reply | Reply with quote | Quote
 
 
# milan rai 2009-08-16 07:26 subas ji ko sabda haru ramro lagyo mahendra rai ko chira jhanai best kabi pakrin yek kusal kabi hunuhuncha maile jane anusar Reply | Reply with quote | Quote
 

Add comment


Poll

What sort of information do you expect to focus in our Portal?






News Flash

Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon.

Thank You !!!