धरानलाई पुर्वी पहाडी श्रङखलाको मूल ढोकाको रुपमा लिइन्छ । जसमारण पनि धरान सानो शहर भएपनि पर्यटकीय हिसाबमा धेरै महत्वपूर्ण छ । लाहुरेको बस्तीको रुपमा समेत परिचित धरानलाई केन्द्रविन्दु बनाएर पर्यटकिय रुपमा थुप्रै फाइदा लिन सकिन्छ ।
तर राजनैतिक रुपमा हो कि के भएर हो धरान अपहेलित छ । त्यही अपहेलनाको शिकार भएर होला यहाका जनता जागरुक भएर पनि यहा विकासमा थुप्रै पूवाधारहरु हुदा हुदै पनि त्यो पूरा हुन सकेको छैन । धराने जनताहरुको जागरुकताले नै यहा टोल-टोलका पक्कि सडकहरु बनेको पाइन्छ । शैक्षिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धरानमा पहिले देखि नै एउटा विमानस्थलको अभाव खड्किएको छ । पूवको राजधानी मानिने यो सुन्दर शहरमा विमानस्थल नभइदिंदा धेरै टेन्सन भोग्नु परेको छ यहाका वासिन्दाहरुलाई ।
प्रसंग धरानको विमानस्थलकै बारेमा हो । एक समय धरानमा विमानस्थल बनाउने कुराले निकै चर्चा पाएको थियो र त्यो चर्चा मात्र नभएर वास्तविकता पनि थियो । ३ वर्ष अघिको मात्र कुरा हो, त्यसबेलाका मनोनित मेयर कुमार बहादुर कार्की, उपमेयर मिन सुब्बा र पूव मेयर मनोज कु. मेयाङबोको सक्रियतामा धरान-१७ स्थित सप्तरंगी पार्क छेउको र्सवसाधारणको जग्गा विमानस्थलकै लागि भनेर खरीद समेत गरीएको थियो । दुइ वर्षभित्र विमानस्थल बनाइसक्ने भनी धरान नगरपालिकाको मध्यस्तामा साह्रै कम मूल्यमा विमानस्थल बनाउने जिम्मा लिएको यति कर्पोरेट प्रा. लि. लाई जग्गा बेचिएको थियो । यति कर्पोरेटले २ वर्ष भित्र विमानस्थल बनाइसक्ने नभए खरीद गरेकै दाममा फिर्ता गरीने शर्तमा प्रति कठ्ठा २८ देखि ३८ हजार सम्ममा जग्गा खरीद गरेको थियो । जुन मुल्य प्रचलित मुल्य भन्दा साह्रै कम रहेको छ । हाल सो ठाउमा १ देखि डेढ लाखसम्म प्रति कठ्ठा जग्गा खरीद व्रि्री हुने गरेको छ ।
अहिले जग्गा व्रि्री गरेको पनि ३ वर्ष नाघी सकेको छ तर हाल सम्म विमानस्थलको निमार्ण प्रक्रिया थालिएको छैन भने यसबारे कुनै सुचना पनि छैन । जसले गर्दा विमानस्थका लागि जग्गा विकी गर्नेहरु आक्रोशित छन् । आपनो खेती योग्य जमीन विमानस्थललाई दिंदा अहिले त्यहा गाईवस्तु चर्ने स्थल भएकोका पनि जग्गा धनीहरु आक्रोशित छन् । उनीहरु चाडो भन्दा चाडो विमानस्थल निमार्ण प्रक्रियाको शुरुवात गर्नुपर्ने नभए जग्गा फिर्ता गर्नुपर्ने बताउछन् ।
जग्गा धनी र यति कर्पोरेट बिच धरान नगरपालिकाको तर्फाबाट मध्ष्स्ताकर्ता बसेका तत्कालिन उपमेयर मिन सुब्बाको भनाई अनुसार त्यसबेलाको संसद विहिन अवस्थाका अध्यादेश मार्फत BO+ बनाउने व्यवस्था भए अनुरुप धरान-विमानस्थल निमार्ण सम्बन्धमा अध्यादेश लागु समेत भएको थियो । त्यसबेलाको त्यो अध्यादेश हालको राजनिति अवस्थामा स्वतः खारेज भएकोले यति कर्पोरेटलाई काम गर्न अप्ठेरो परेको हो । त्यसबेलाको राजनितिक परिवेशले हो या के भएर हो ? यति कर्पोरेट सहमति अनुरुप काम गरेन तर अहिले यति कर्पोरेट धरान-विमानस्थल निमार्ण एकदमै सकारात्मक रहेको मिन सुब्बा बताउनु हुन्छ ।
धरान-विमानस्थल निमार्ण सम्बन्धमा जनताको आवाज उठेपछि धरानको आठ दल पनि तातेको छ । नेपाली कांगे्रस प्रजातान्त्रिकका नगर सभापति किशोर र्राई झापालि का अनुसार चाडै आठ दल र धरान नगपालिकाको डेलिगेशन टोली काठमाडौ जादैछ । काठमाडौमा सबै तहमा गएर उक्त टोलीले धरान-विमानस्थल निमार्ण सहयोग पुयाउन आवाज उठाउने कुरा बताउनुहुन्छ ।
धरानमा विमानस्थल बनिनुपर्छ भन्ने कुरामा दृढ धरान नगरपालिकाका कार्यकारी अधिकृत दिलिप कुमार चापागाई यति कर्पोरेसनको बाटो हेरीरहेको र मंत्री परिषदबाट पास नभएकोले रोकिएको यो अवस्थामा भोलि गएर मंत्री परिषदबाट पास भएपछि पनि उसले आलटाल गरेमा नगरपालिका आफै विमानस्थल बनाउनमा अग्रसर हुने बताउनु हुन्छ । त्यस्तै पूव उपमेयर मिन सुब्बा विमानस्थल बनाउने यति कर्पोरेटले भोलि गएर दाया-वाया गर्न खोजे धराने जनताहरु आफै अगाडि बढ्ने चेतावनी दिंदै त्सै ताकाको श्री ५ को सरकारको भानुचौकमा रहेको धरान नगरपालिकाको स्वामित्वमा रहेको घरेलु उद्योग बसेको धरान-भानुचौक स्थित जग्गा बेच्न खोज्दा धराने जनताहरु उठेर घरेलुको घर नै भत्काएको प्रसंगको स्मरण गर्नु हुन्छ ।
धरानमा विमानस्थल निमार्ण भए पर्यटकिय रुपमा नभएर अन्य विकासका काममा समेत धरान अगाडि बढ्न सक्ने नगरपालिकाका सुचना अधिकृत सुनिल नेपाल बताउनु हुन्छ । वहाका अनुसार अहिलेको सरकारले विमानस्थल निमार्ण सम्बन्धमा प्राईभेट सेक्टरलाई महत्व नदिएकोले पनि धरान-विमानस्थल निमार्ण अवरोध आएको बताउनु हुन्छ । तर धरानको आठ दल र नगरपालिकाको डेलिगेसन टोलि जसरी भए पनि धरानमा विमानस्थल बनाउने सम्बन्धमा सरकारबाट स्वीकृति लिने पक्षका छन् ।
-Saurav Shrestha
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |
Comments
one thing dat when ppl(neplese) undstnd dat planet(earth) realy turn around the sun or other planet…than the day comes to do everything…stl we r …in …dark-well… Reply | Reply with quote | Quote